• अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ८, शुक्रबार २३:०७ गते
    images

    आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

    वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो । यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस (डिएल) पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

    नेपालली टोलीमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

    प्रतिक्रिया दिनुहोस्