images
  • जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको छ : सांसद राई

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ४, सोमबार १९:०३ गते
    images

    श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुरलगायत पहाडी जिल्लाका सडकको दुरवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अलपत्र परेका सडकका कारण सवारीसाधन डुबिरहेको र बिरामी तथा सुत्केरी बोकेका गाडीसमेत समस्यामा परेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै समयमै सडक मर्मत तथा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

    उनले भने,‘अलपत्र परेका सडकहरुमा गाडिहरु डुबिरहेका छन् । सामाजिक सञ्जालहरुमा हामीले गालीका वर्षातहरु पाइरहेका छौं । सरकारलाई म आग्रह गर्न चाहन्छु र अगाडि पनि हामीले ध्यानाकर्षण गराएका थियौं । आज पनि सुत्केरी र बिरामीहरु गाडि भासिएर मध्यपहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाका विभिन्न सडकहरुमा चोभलिरहेको दृश्य हामी देखिरहेका छौैं ।’

    राईले जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए । उनले दुईतिहाइ नजिकको सरकार जनताले अपेक्षा गरेका काम गर्न नसकेको आरोप लगाउँदै सरकार निदाएर नबस्न चेतावनी दिए ।
    उनले भने, ‘जनताले हिजो र आज उस्तै बेथितीलाई भोक्नुपर्ने हो भने यसको लागि ८४ मा हुने निर्वाचन ८२ मा भएको के अर्थ ? यतिधेरै दुई तीहाई नजिकको सरकारले आज जनतासमक्ष दिनुपर्ने कुराहरु नदिइरहेको अवस्था छ । सरकार निदाएर नबसोस् ।’

    त्यस्तै, उनले नीति तथा कार्यक्रममा कृषिका विषयमा ठूला कुरा गरिए पनि व्यवहारमा समस्या समाधान हुन नसकेको बताए । बाँदर र बदेलका कारण किसानले दुःख पाइरहेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबसीकन बाँदरलाई सलामी दिनुपर्ने बताए ।

    उनले भने, ‘यो बेलामा हामीले नीति कार्यक्रममा कृषिको विषयमा धेरै राम्रा–राम्रा ठूला–ठूला कुराहरु हामीले भन्यौं । तर आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं, यसको हामीले के लेख्दै छौं? यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहने छ ।’
    उनले कृषि तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति आवश्यक रहेको धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस्