काठमाडौं । काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै उक्त बस्ती खाली भएको हो ।बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएकी भावना लिम्बुले आफूहरू २५ वर्षदेखि त्यहीँ बस्दै आएको बताएकी छन् । उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।
‘म यहाँ बसेको २५ वर्ष भइसक्यो। हामीले गाउँको सबै बेचेर सानो छाप्रो किनेर बसेका हौं । बालबच्चाहरूको परीक्षा चलिरहेको छ, परीक्षाकै बेला यस्तो भयो । अब परीक्षा दिन पाउने कि नपाउने भन्ने दोधार छ,’ उनले भनिन् ।उनले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारसँग उचित व्यवस्थापनको माग गरेकी छन् । ‘बालबच्चाको भविष्यको ग्यारेन्टी हुनुपर्यो । अब हामीलाई कहाँ लगेर राख्नुहुन्छ भन्ने थाहा छैन । हामीले विश्वास गरेर घण्टीलाई भोट दिएका थियौं, तर अहिले बस्ने ठाउँ छैन,’ उनले भनिन् । आज नै सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिसकेको छ ।

Bishnu GC 











प्रतिक्रिया दिनुहोस्