images
  • थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख १२, शनिबार १३:०८ गते
    images

    ठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियान अन्तर्गत प्रशासनले यो कदम चालेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार, बस्ती पूर्ण रूपमा खाली भएको छ ।

    थापाथली क्षेत्रमा बसोबास गर्दै आएकामध्ये आफू घरवारविहीन भएको भन्दै ६ वटा परिवार मात्रै सम्पर्कमा आएको सरकारले बताएको छ ।६ परिवारका सदस्यहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिएको छ । रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध मिलाउने सरकारले बताएको छ ।सरकारले शनिबार बिहानबाट बस्तीका टहरा हटाउन थालेको थियो । त्यसअघि आफैं स्थानान्तरण गरेर जान चाहनेलाई प्रहरी समन्वय गरेर गन्तव्यमा पुगेका थिए ।प्रहरीले दिएको जानकारी अनुसार, रंगशालामा १२–१३ जना व्यक्ति मात्रै घरवार विहीन भएको भन्दै सम्पर्कमा आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्