• युवक हत्या आरोपमा बाबुछोरी पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ बैशाख ३, बिहीबार २०:१२ गते
    images

    एक युवकको हत्या आरोपमा सल्यान प्रहरीले बाबुछोरीलाई नियन्त्रणमा लिएको छ। दार्मा गाउँपालिका– ६, भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्दको हत्या आरोपमा कुमाख गाउँपालिका– ५, तिमिलकाँडाका ६५ वर्षीय दलवीरे घर्ती र उनकी छोरी ३९ वर्षीया शर्मिला घर्ती पक्राउ परेका हुन्।

    गत फागुन ३० को दिउँसो कुमाख– ५, ठुलाखोलास्थित खोल्सामा चन्दको शव फेला परेको थियो। घटना शंकास्पद देखिएपछि मृतकका परिवारले घर्ती बाबुछोरीविरुद्ध जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।

    विवाहित चन्द शर्मिलासँग प्रेममा परेको र ६ महिनादेखि शर्मिलाकै घरमा बस्दै आएका थिए। शर्मिला सम्बन्धविच्छेद गरेर माइतीमा बस्दै आएकी थिइन्।
    घरमा श्रीमती छाडेर प्रेमिकासँग बसेको थाहा पाएपछि आफन्तले प्रहरीको सहयोगमा चन्दलाई घर फर्काएका थिए। परिवारले फर्काए पनि चन्द पुनः शर्मिलासँगै बस्न गएका थिए। सोही क्रममा उनी बेपत्ता भएपछि आफन्तले खोजी गर्दा केही दिनपछि ठुलोखोलास्थित खोल्साामा मृत फेला परेका थिए।
    चन्द भिरबाट आफैँ लडेर मृत्यु भएको आशंका गरिएको थियो। हत्या आरोपमा पक्राउ परेका घर्ती बाबुछोरीलाई अहिले कारागार चलान गरिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए।

    प्रतिक्रिया दिनुहोस्