सरकारले एसियाली विकास बैंक तथा विश्व बैंकबाट विभिन्न शीर्षकमा कुल १९५ मिलियन अमेरिकी डलर बराबरको ऋण लिने निर्णय पनि छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो ऋण लिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार डिजिटल नेपाल ट्रान्सफर्मेसन परियोजनाका निम्ति ९० मिलियन र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरिएको हो ।
डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने’, मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले भने, ‘दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।’
सरकारले स्वीकार गर्ने निर्णय गरेको १९५ मिलियन अमेरिकी डलर भनेको २८ अर्ब ६६ करोड ५० लाख नेपाली रुपैयाँ हाराहारी हो । यसको अर्थ अब सार्वजनिक ऋण सो बराबरले थपिएको छ ।



chautaripatrika 




















प्रतिक्रिया दिनुहोस्