• गुण्डागर्दी र आपराधिक सञ्जालविरुद्ध नेपाल प्रहरीको क्लिनअप’ अपरेशन- रातारात १७ जना पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र २१, शनिबार ११:५० गते
    images

    राजधानी काठमाडौंमा लामो समयदेखि जरा गाड्दै आएको गुण्डागर्दी र आपराधिक सञ्जालविरुद्ध नेपाल प्रहरीले व्यापक अपरेशन सुरु गरेको छ । नयाँ राजनीतिक जनादेशसँगै सरकार गठन भएपछि सुरक्षा निकाय थप आक्रामक बन्दै गएको संकेतस्वरूप यो अभियानलाई हेरिएको छ । प्रहरीको दाबी अनुसार, अब ‘गुण्डागर्दी सहन नहुने’ नीति कार्यान्वयनमा ल्याइएको छ र राजधानीलाई अपराधमुक्त बनाउने लक्ष्यका साथ निरन्तर कारबाही अघि बढाइएको छ

    गएराति प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसरको टोली र अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति गुन्डागर्दीमा संलग्नको आरोपमा कम्तिमा पनि १२ जनालाई पक्राउ गरेको छ । सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायतका पक्राउ परेको कार्यालयका एक अधिकारीले जानकारी दिए । उनीहरु पछिल्लो समयमा काठमाडौंका विभिन्न स्थानमा गुन्डागर्दीमा सक्रिय थिए । काठमाडौं । गएराति प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसरको टोली र अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति गुन्डागर्दीमा संलग्नको आरोपमा कम्तिमा पनि १२ जनालाई पक्राउ गरेको छ । सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायतका पक्राउ परेको कार्यालयका एक अधिकारीले जानकारी दिए । उनीहरु पछिल्लो समयमा काठमाडौंका विभिन्न स्थानमा गुन्डागर्दीमा सक्रिय थिए ।

    त्यस्तैगरी परिसरबाट खटिएको अर्को टोलीले पनि पाँचजनालाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा प्रविण तामाङ रहेका छन् । उनी श्याम लामा समूहमा सक्रिय रही बौद्ध क्षेत्रमा गुन्डागर्दी गर्दै आइरहेको पाइएको छ ।त्यस्तै कलंकी–बाफल क्षेत्रमा गुन्डागर्दीमा सक्रिय बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर र पेट्रोप पम्प आसपासका क्षेत्रमा गुन्डागर्दी मच्चाउने सुजन कार्की, स्यूचाटार क्षेत्रमा सक्रिय सरु हुमागाइ रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्