• ओली र लेखक पक्राउ पूर्जीमा के छ ? वरिष्ठ अधिवक्ताले भने अनुसार गलत नै भएको हो ?

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार १०:४२ गते
    images

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले ‘जरूरी पक्राउ पूर्जी’ थमाएर पक्राउ गरेको छ। पक्राउ पूर्जीमा उल्लेख भएअनुसार, उनीहरूलाई ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा तत्काल पक्राउ गर्नुपरेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ को उपदफा ६ अनुसार पक्राउको प्रक्रिया पूरा गरेको भनिएको छ । यस प्रावधानले अदालतको पूर्वस्वीकृति बिना नै भाग्ने वा प्रमाण नष्ट गर्ने आशंका भए तुरुन्तै पक्राउ गर्न अनुमति दिन्छ।
    कानुन अनुसार यस्तो पूर्जी थमाएर पक्राउ गरेपछि २४ घन्टाभित्र अदालतमा पेस गर्नुपर्ने हुन्छ। तर सार्वजनिक विदा परेको दिनमा यो समयसीमा लागू हुँदैन। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रक्रियालाई प्रश्न उठाउँदै, पूर्जीमा स्पष्ट व्यहोरा खुलाउनुपर्ने कानुनी व्यवस्था उल्लंघन भएको टिप्पणी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्