• ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार १०:४० गते
    images

    नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ ।

    यति बेला (शनिबार बिहान साढे ९ बजे) काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।

    १०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

    ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

    प्रतिक्रिया दिनुहोस्