• ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार १०:२६ गते
    images

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

    स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ । लेखकलाई भने यसअघि नै पुर्‍याइसकिएको छ ।
    ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ लगिएको हो ।

    आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्