• प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : सुधन गुरुङ

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार ०८:५२ गते
    images

    गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन् ।

    आज सामाजिक संजालमा लेख्दै गुरुङले कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात भएको बताएका हुन् ।

    गुरुङले लेखेका छन्, ‘माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

    जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णयलगत्तै गुरुङले प्रहरी परिचालन गरी ओली र लेखकलाई शनिबार बिहानै निवासबाटै पक्राउ गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्