• images

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २९, शुक्रबार १३:२७ गते
    images

    नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ ।
    बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्