• images

    बन्दुक बोकेर फोटो खिच्दा गयो ज्यान

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २७, बुधबार १६:४२ गते
    images

    डडेल्धुरामा बन्दुक पड्किँदा गोली लागेर एक किशोरको मृत्यु भएको छ।

    बैतडीको शिवनाथ गाउँपालिका–४ का १७ वर्षीय सुवाश महराको सोमबार बुलेकी करिब ६ बजेतिर भरूवा बन्दुकबाट गोली लागेर मृत्यु भएको डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए।

    चन्दका अनुसार बैतडीका सुवास ब्रतबन्धको कार्यक्रममा सहभागी हुन एकदिन पहिले डडेल्धुरास्थित दिदीको घरमा गएका थिए।

    दिदीको घरमा भरूवा बन्दुक देखेपछि दुई जना किशोरले फोटो खिच्ने भन्दै बन्दुक निकालेका थिए।

    ‘बन्दुक समातेर पोज दिँदै फोटो खिच्ने क्रममा एक्कासि लोडेड बन्दुकबाट गोली चल्न गई सुवासलाई लागेको भन्ने छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘हामीले नियन्त्रणमा लिएका किशोरसहित बन्दुक राख्ने दुई जनालाई कार्यालयतर्फ ल्याउने क्रम जारी छ। थप कुरा अनुसन्धानपछि खुल्ने छ।’

    प्रतिक्रिया दिनुहोस्