आमाको औषधी किन्ने पैसा नहुँदा भाैतारिरहेका बालकलाई आशिकाको डेढ लाख सहयोग मोबाइल र न्यानो कपडा पनि उपहार दिएकी छिन।
दैलेख घर १२ बर्षिय बालक अकबर खान वीर अस्पतालमा डाक्टरले लेखिदिएको औषधीको कागज बोकेर भौतारी रहेका हुन्छन्। उनी भन्छन्- बीमाले औषधी दिदैन बाहिर किन्न जानपर्छ भन्छ । तर, महंगो औषधी किन्न पैसा छैन। उनको आमाको मुटुमा गम्भीर समस्या छ।
उनको बुबा बितिसकेका छन्। उनको उक्त भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि अभियन्ता आशिका तामाङले यी बालक र उनको आमालाई वीर अस्पतालमा गएर १ लाख ५० हजार सहयोग गरेकी छन।साथै उक्त बालकलाई पढाईदिएर समेत सहयोग गरिदिने अनुरोध गरेकी छन ।

Bishnu GC 














प्रतिक्रिया दिनुहोस्