• images
    images

    राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १४, सोमबार १४:४१ गते
    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ।

    मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो।

    नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।

    निष्कासन हुने ऋणपत्रको अवधि एक वर्षको रहनेछ भने ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । न्यूनतम रु. ५ करोड र अधिकतम रु. ५ करोडको गुणकमा बोल गर्न सकिनेछ।

    राष्ट्र बैंकले बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफैंमा सुरक्षित राखेको जनाएको छ। स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ। उक्त ऋणपत्र खुला बजार कारोबारमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस्