images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८७२ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २३, मंगलवार ११:०२ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ५७, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ११६, हर्न निषेधमा २४, लेन क्रसमा ११, अवस्था ठिक नभएको २५, एकतर्फीमा ७ र अन्यमा ५२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्