images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र १८, बिहीबार १७:२१ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ५४, रातोबत्तीमा ३० जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ३९, हर्न निषेधमा ०६, लेन क्रसमा २५, अवस्था ठिक नभएको १, एकतर्फीमा ६ र अन्यमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्