images
  • भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र १७, बुधबार २२:४८ गते
    images

    काठमाडौं–रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ६ बजेसम्म १ हजार २ सय १६ जनाको शव फेला परेको छ ।

    रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा २०२ गरी १ हजार २ सय १६ जनाको शव फेला परेको हो ।

    हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । घाइतेको संख्या ३०१ रहेका छन् । करिब ४ हजार २१६ अझै सम्पर्कविहीन छन् ।

    प्रतिक्रिया दिनुहोस्