• images

    धान कुट्ने बेला मिलको फित्तामा अल्झिएर एकको मृत्यु

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २८, आईतवार ०८:२८ गते
    images

    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मिलको फित्तामा अल्झिएर एक जना वृद्धको मृत्यु भएको छ ।

    नगरपालिकाको वडा नम्बर ८ स्थित गम्हरीया प्रवाहा घर भएका ८० वर्षीय बिन्देश्वर यादवको शनिबार साँझ मिलको फित्तामा अल्झिएर मृत्यु भएको हो ।

    आफ्नै धान कुट्ने मिलको (पट्टा) फित्तामा यादवले लगाएको धोती अल्झिन गई गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

    अस्पतालमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

    उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्