काठमाडौं । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद गरिएको छ ।
दाङका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनबाट एक थान भरुवा बन्दुक र छर्रा चार थान, बंगलाचुली गाउँपालिका–३ लामपोखरास्थित जनचेतना सामुदायिक वनबाट चार र वडा नं ६ टोट्केलेखस्थित लालीगुँरास सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।
यस्तै, घोराही उपमहानगरपालिका–२, च्याख्ली घाटस्थित राष्ट्रिय वनबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्