• images

    सांसद खगेन्द्र सुनार हराएको सुचना

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २२, शुक्रबार २१:१८ गते
    images

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार हराएको भन्दै सूचना जारी गरेका छन् ।

    सोही क्षेत्रका स्थानीयसमेत रहेका विक्रम ओली लगायत  अन्य स्थानिय युवाहरुले उनी हराएकाले भेटाएर ल्याउनेलाई उचित पुरस्कार दिने बताएका हुन् । सामाजिक सञ्जालमा पोष्टर सेयर गर्दै  उनिहरुले अब पनि सुनार निर्वाचन क्षेत्रमा नआएमा खोज्न सिंहदरबार आउने चेतावनी  पनि दि रहेका  छन् । 

    ‘हाम्रा माननीय खगेन्द्र सुनारज्यू, हाम्रो अभिभावक भएर बाँकेवासी जिल्लाका जनताको गुनासो र समस्या सुन्न जिल्लामा आउनुहोस् । जितेपछि जनतालाई बिर्सिनुहुँदैन, बेलैमा सचिऔं’,उनले लेखेका छन्,‘दिनभरि चर्ने जनावर पनि साँझ घर फर्किन्छ तर मोह र पदको घमण्डमा आफ्नो घर, आफ्नो जनता र आफ्नो जिम्मेवारी बिर्सनुहुँदैन । यदि जनताको आवाज बेवास्ता गरियो भने आवश्यक परे हामी बाँकेका बासिन्दा तपाईँलाई माइतीघर वा सिंहदरबार खोज्न आउन नपरोस् ।’

    ओली रास्वपाको विधेयक मन्थन विभाग सदस्य हुन् । चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी एक सय ग्रुपमा उपाध्यक्ष छन् । उनले मात्र नभई निर्वाचन क्षेत्र नम्बर ३ का अन्य स्थानीयले पनि सांसद सुनार हराएको गुनासो

    प्रतिक्रिया दिनुहोस्