काठमाडौँ – रास्वपा नेता वालेन्द्र शाह नेतृत्वको दुई तिहाइ बहुमत प्राप्त सरकारको काम कारबाहीप्रति रास्वपाकै सांसदहरुले आक्रोश पोखेका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले प्रतिबद्धताअनुसार काम नगर्दा लज्जित हुनुपरेको जनाउँदै सरकारप्रति असन्तुष्टि जनाएका हुन्। रास्वपा सांसद रमेश प्रसाईं र रविन्द्र पटेलले सरकारले जनताको पक्षमा काम नगर्न नसकेको भन्दै आपत्ति जनाए।
सांसद प्रसाईंले सरकारको कामले आफू लज्जित भएको बताए।
उनले भने, ‘म कहिलेकाहीँ कन्फ्युज हुन्छु। कसलाई के भनौँ? मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा ुनो लाइनु, रास्वपाको पालामा ुओन्ली अनलाइनु भनेर आफैँले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।’
प्रसाईंले जनतालाई भएको ग्यासको अभाव प्रधानमन्त्री र मन्त्रीको क्वारमा छ कि छैन भनेर सोधे।
‘मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? यदि कृत्रिम अभाव सिर्जना भएको हो भने, सरकारले भने जस्तै ग्यास ह्वापह्वार्ती आएर पनि कालोबजारी भएको हो भने, ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई?, प्रसाईंले अगाडि भने, ‘जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन। नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।’
त्यस्तै रास्पा सांसद रविन्द्र पटेलले पनि ग्यास अभावको विषयमा सरकारको गैरजिम्मेवारी दर्शाइ रहेको जनाए। उनले मल उपलब्ध गराउन नसकेको भन्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको राजीनामा नै मागेका छन्।
उनले भने, ‘मल नदिने कृषि मन्त्रीले कुर्सीमा टासिरहने नैतिक अधिकार छैन।’


chautaripatrika 
















प्रतिक्रिया दिनुहोस्