काठमाडौँ । पत्रकारको परिचयत्र पत्र बोकेर लागुऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ छ ।
पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह छन् ।
उनीहरू सिरहाको मिर्चैयाबाट कारमा लागुऔषध खैरो हेरोइन लिएर काठमाडौँतर्फ आउँदै थिए । कार चालक उमेश यादवका साथमा पत्रकारको परिचयपत्र भेटिएको छ । लहान–२२ सिरहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचयपत्र बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । उनले सो कार हुलास फाइनान्सबाट किसताबन्दीमा निकालेको भेटिएको छ ।
आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ ।


chautaripatrika 












प्रतिक्रिया दिनुहोस्