images
  • पक्राउ परेको २४ घण्टा नपुग्दै रिहा भए दुर्गा प्रसाईं

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १८, सोमबार २२:३४ गते
    images

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका छन् ।

    सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँ भक्तपुर जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका हुन् ।

    प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

    प्रहरीले ७ दिनको म्याद थप्न माग गरेको थियो । तर अदालतले भने म्याद थप नगरेपछि प्रसाईं रिहा भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्