• images

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १८, सोमबार १०:२१ गते
    images

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो ।

    निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल÷मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ ।

    इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।

    प्रतिक्रिया दिनुहोस्