काठमाडौंको गोठाटारस्थित एक काठ गोदाममा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, करिब साढे ९ बजेबाट उक्त काठ गोदाममा आगलागी भएको छ ।
अहिले दमकलसहित प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भइरहेको उनले बताए । आगो करिब नियन्त्रणको अवस्थामा रहेको पनि उनले बताए ।
‘आगो करिब करिब नियन्त्रणको चरणमा छ,’ उनले भने । आगलागीको कारणबारे खुलिसकेको छैन ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्