दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन यहाँ पुगेर स्नान गर्ने र पूजा–आराधना गर्ने गर्छन्।
धार्मिक विश्वासअनुसार दूधकुण्डमा स्नान गर्दा पाप नाश हुने र मनोकामना पूरा हुने मान्यता रहेको छ। प्राकृतिक दृष्टिले पनि दूधकुण्ड अत्यन्त आकर्षक छ। वरिपरि हिमाल, हरियाली वन, चरन क्षेत्र तथा रमणीय हिमाली दृश्यहरूले यस स्थानलाई अझ मनमोहक बनाएका छन्।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्