• images
    images

    एकै दिन पौवा र दुई चारतारे होटलसँबीच सम्झौता, नेपाली आतिथ्यता संजाल थप विस्तार

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १९, मंगलवार २०:५१ गते
    images
    images
    images
    images

    नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ ।

    पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो।

    यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने दीर्घकालीन रणनीतिक पहल भएको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

    होटल पौवाले छोटो अवधिमै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति र रैथाने खानाको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले स्वदेशी सोच र सामूहिक लगानीको आधारमा आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको छ।

    अध्यक्ष भण्डारीले भने, ‘पछिल्लो सम्झौतामार्फत प्रमुख पर्यटकीय केन्द्रहरूमा आफ्नो पहुँच विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास लिएका छौं ।’

    पौवाले आगामी दिनमा थप होटल व्यवस्थापन तथा सञ्चालनमार्फत आफ्नो ब्रान्डलाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ।
    गत चैत २५ गते १० वर्ष पुरा गरेको पौवाले ‘बितायौं बालापन’ अवधारणमा स्वाद उत्सव लगायतका विविध कार्यक्रम आयोजना गरेको थियो ।

    आगामी दशकमा ‘मिसन १००’को लक्ष्य पुरा गर्ने उद्देश्य राखेको पौवाले नयाँ लगानीको स्रोत जुटाउन चैत २८ गते लगानी सम्मेलन समेत आयोजना गरेको थियो । यसअघि देशका विभिन्न स्थानमा पौवाका १७ वटा शाखा सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस्