• बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १०, आईतवार १९:३१ गते
    images

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका छन् ।

    जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्