• तिन वटा संसदीय समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ७, बिहीबार १९:४८ गते
    images

    आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ ।अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

    आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आ।ब। २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ ।

    यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्ने भएको छ ।

    बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ ।

    प्रतिक्रिया दिनुहोस्