• सुनचाँदीको मूल्य घट्यो

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार २२:३० गते
    images

    नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कारोबार भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य ३३० रुपैयाँले घटेको छ । आज चाँदी मूल्य तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्