• यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौलिया पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २, शनिबार १७:१२ गते
    images

    जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो ।

    जनकपुरधाम उपमहानगरपालिका–२ का २२ वर्ष अंकित कुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्ष करिब चिन्टु कुमार सिंह र धनुषाधाम नगरपालिका–३ का करिब २१ वर्ष राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको काम भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिएर हाे ।प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्