• रास्वपा सांसदहरुको एकपछी अर्को नौटंकी र चटक कैलाली 2 बाट निर्वाचित केपि खनाल खादा माला बाजागाजा सहित कांधमा चढेर हिंडेपछि भाइरल

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख १५, मंगलवार १८:५१ गते
    images

    सत्ता र पदले मानिसको चरित्र कसरी बदल्छ भन्ने उदाहरण खोज्न अब इतिहासका पाना पल्टाउनु पर्दैन । हाम्रै संसदभित्रका केही अनुहारहरूलाई हेरे पुग्छ । जनप्रतिनिधि हुनुको अर्थ जनताको सेवक हुनु हो भन्ने लोकतान्त्रिक मूल्यलाई कुल्चिएर, आज केही सांसदहरू आफूलाई ‘शासक’ र अरूलाई ‘रैती’ ठान्न थालेका छन् । यो प्रवृत्तिले नयाँ भनिएको राजनीतिमा पनि पुरानै सामन्ती संस्कारको गन्ध झल्काएको छ ।

     

    कैलाली 2 बाट निर्वाचित केपि खनाल खादा माला बाजागाजा सहित कांधमा चढेर हिंडेपछि भाइरल भएपछी विबादमा तानिएका छन।खादामाला र बाजागाजा सहित निकालिएको विजय उत्सवमा खनाल एक व्यक्तिको काँधमाथि चढेर सवार भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी विवादमा तानिएका हुन् । सम्भवत खनालको यो भिडियो उनको पुर्ख्यौली जिल्ला अछामको रहेको हुनसक्ने अनुमान गरिएको छ । निर्वाचित भएपछि पहिलोपटक अछाम गएका उनलाई गाउँमा भव्य तरिकाले स्वागत गरिएको थियो । सोही क्रममा गाउँलेहरूले उनलाई काँधमा बोकेर विजय उत्सव मनाएका थिए । त्यही भिडियो अहिले समाजिक सञ्जालमा चर्चा पाइरहेको हो  ।  रास्वपाका सांसदहरू एकपछि अर्को गरी विवादमा आइरहेका छन्।

    हिजो रवि लामिछानेले सांसदहरूलाई दिएको “आफ्नो पुरानो परिचय बिर्सिएर पदीय मर्यादा कायम राख्नू” भन्ने सुझाव आज उनकै दलका सांसदहरूले लत्याएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले देखाएको भरोसा पुराना दलहरूको अहंकार र विकृतिविरुद्धको विद्रोह थियो । तर, यदि नयाँ अनुहारहरू पनि सस्तो लोकप्रियता, स्टन्ट र शक्तिको दुरुपयोगमै तल्लीन हुने हो भने त्यो जनमत छिट्टै घृणामा बदलिने निश्चित छ ।

    पदले मानिसलाई ठूलो बनाउँदैन, उसको काम र संस्कारले बनाउँछ । जनताले दिएको मत ‘शक्ति प्रदर्शन’ गर्नका लागि दिइएको लाइसेन्स होइन, बरु यो सेवा र जिम्मेवारीको कसी हो । सस्तो लोकप्रियता र सामाजिक सञ्जालको ‘भाइरल’ मोहले केही समय चर्चा त देला, तर यसले दीर्घकालीन विश्वास र जनमत निर्माण गर्न सक्दैन ।

    त्यसैले, ‘माननीय’ शब्दको गरिमा सम्झिएर अब आत्मसमीक्षा गर्ने बेला आएको छ । जनताले दिएको अभिमत केवल विजयको उत्सव मात्र होइन, यो एक गम्भीर चेतावनी पनि हो । यदि परिवर्तनको वाचा शक्ति र दम्भको आडमा दबिँदै गयो भने, तिनै जनताले भोलि यो शक्ति खोस्न पनि बेर लगाउने छैनन् । रास्वपा र यसका प्रतिनिधिहरूले हिजोका घटनाबाट पाठ नसिक्ने हो भने उनीहरूको राजनीतिक भविष्य निकै चुनौतीपूर्ण बन्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्