• images
    images

    स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २५, शुक्रबार १३:४७ गते
    images
    images
    images
    images

    रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् ।

    बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन्।

    घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको बुझिएको छ।

    पछिल्लो समय रौतहटमा जनावरको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। दुई दिनअघि मात्रै जिल्लाको गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोक्दा ५० जनाभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरू घाइते भएका थिए।

    चिसो मौसम र बाक्लो हुस्सु लाग्ने समय भएकाले स्याल, कुकुर लगायतका जनावरहरूले लुकेर आक्रमण गर्न सक्ने जोखिम बढेको छ । यस्तो अवस्थामा बाटो हिँड्दा विशेष सावधानी अपनाउन र सतर्क रहन स्थानीय प्रशासन तथा सरोकारवालाहरूले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्