भोजपुर । भोजपुर सदरमुकाममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलसँगै चिनी र मुसुरोको दाल समेत बिक्री सुरु गरेको छ । बाहिरी पसलहरुमा चिनीको मुल्य बढी भएकाले अहिले खाद्यमा चिनीको माग समेत बढेको छ ।
खाद्यले अहिले आफ्नो गोदमाबाट स्टीम जिरा, अरुणा सोना मन्सुली चामल सहित चिनी र मुसुरोको दाल समेत बिक्री गर्दै आईरहेको शाखा प्रमुख अन्नता राईले बताइन् । उनका अनुसार अहिले स्टीम जिरा दुई हजार तीन सय रुपैयाँ, अरुवा सोना मन्सुली चामल एक हजार पाँच सय ५० रुपैयाँ , चिनी प्रतिकेजी एक सय १० रुपैयाँ र दाल प्रतिकेजी एक सय ४५ रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।
गत असोज महिना भरीमा मात्र कम्पनीले ६२ लाख बढीको कारोवार गरेको प्रमुख राईले जानकारी दिइन् । तिहार लगायतका चाडपर्वहरु नजिकिँदै गर्दा चिनी खपत बढ्ने देखिन्छ ।
स्थानीय बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि उपभोक्ता मारमा परेका हुन् । बिगतमा भन्दा बजारका पसलहरुमा चिनीको मुल्य बढेकाले अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा चिनी किन्न आउने उपभोक्ताको संख्या बढेको छ । असोज महिनामा चिनीको खपत अत्याधिक बढेको थियो ।
बिगतमा भन्दा बजारमा अहिले चिनीको मुल्य बढेकाले आफूहरुले अहिले खानका लागि खाद्य कम्पनीको गोदामबाट प्रतिकेजी एक सय १० रुपैयाँमा चिनी किनेर ल्याएको उपभोक्ता गणेश श्रेष्ठले बताए । उनका अनुसार एक जनाले प्रतिकेजी छ केजीका दरले चिनी पाउने छन् ।
बाहिरी बजारमा भने अहिले एक सय तीस रुपैयाँदेखि डेढ सयसम्म प्रतिकेजी चिनी बिक्री हुँदै आईरहेको छ । चिनीको माग बढेपनि कम्पनीमा चिनीको समस्या नहुने र ढुवानी पनि भईरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरले जनाएको छ ।


Salina Magar 












प्रतिक्रिया दिनुहोस्