बझाङ : बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
स्थानीयबाट प्राप्त जानकारीअनुसार से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बिहान ८ः४५ बजे दुर्घटनामा परेको हो। १५ जना काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीलाई उदृद गर्दै प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएको र उनीहरूको उद्धार तथा उपचारबारे थप विवरण आउन बाँकी रहेको छ। अन्य ७ जनाको अवस्था भने सामान्य रहेको बताइएको छ । गम्भीर घाइतेहरुलाई केदारस्युँ गाउँपालिकाको गाडीमा जिल्ला अस्पताल सिमखेत ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्