डोल्पा जिल्ला कारागारभित्र सुरुङ खनेर भागेका थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित कमला बुढाको घरमा लुकेर बसेका २९ वर्षीय कालीप्रसाद रोकाया र १९ वर्षीय कपिल परियार पक्राउ परेका हुन् ।
यसअघि हिजो प्रहरीले रुकुम पश्चिमको आठबिस नगरपालिका-६ बाट ३२ वर्षीय रामबहादुर बिक र २८ वर्षीय रेशम रानालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका ८ जना गत शनिबार सुरुङ खनेर भागेकोमा चार जना समातिए पनि बाँकी चार जना भने अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्