images
  • अझै भेटिएनन् सुरुङ खनेर भागेका ८ कैदीबन्दी, डोल्पा प्रहरीले माग्यो सहयोग

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १६, आईतवार १४:३९ गते
    images

    शुक्रबार राति सुरुङ खनेर डाेल्पा जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दी अझै फेला परेका छैनन्।

    फरार कैन्दीबन्दी भेट्टाउन नसकेपछि डोल्पा जिल्ला प्रहरी कार्यालयले तस्बिरसहित उनीहरूको नामावली सार्वजनिक गर्दै आम नागरिकसँग सहयोगका लागि अपिल गरेको छ।

    डोल्पा जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८३।०७।१४ गते कारागार कार्यालय डोल्पाबाट भागी फरार भएका तपसिलमा उल्लिखित कैदीबन्दी तथा थुनुवाहरूलाई देखेमा वा निजहरूको बारेमा कुनै पनि किसिमको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा यस कार्यालयको सम्पर्क नं:- १००/ ०८७-५५००५६ / ९८५८३९०५८६ र ९८५८३०५५५५ मा सम्पर्क गरी सूचना दिन हुन यहाँहरू सबैमा हार्दिक अनुरोध गरिन्छ।’

    भागेका कैदीबन्दी यसप्रकार छन्:

    १. कालीप्रसाद रोकाया, २९ वर्ष, त्रिपुरासुन्दरी नगरपालिका-७, डोल्पा

    २. धनबहादुर भन्ने हरिबहादुर बुढा, २८ वर्ष, त्रिपुरासुन्दरी नगरपालिका-४, डोल्पा

    ३. यज्ञ विक, २५ वर्ष, बोरेकोट गाउँपालिका-१, जाजरकोट

    ४. तिलक भण्डारी, ३८ वर्ष, आठबिसकोट नगरपालिका-५, रुकुमपश्चिम

    ५. रामबहादुर कामी,  ३२ वर्ष, आठबिसकोट नगरपालिका-१०, रुकुमपश्चिम

    ६. रेशम राना, २८ वर्ष, कुमाख गाउँपालिका-५, सल्यान

    ७. कैलाश भन्ने कपिल परियार, १९ वर्ष, नलगाड नगरपालिका-९, जाजरकोट

    ८. निशान भन्ने अदेश भण्डारी, ३२ वर्ष, आठबिसकोट नगरपालिका-३, रुकुमपश्चिम

    जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रवक्ता विनय सिंहका अनुसार उनीहरूको खोजी जारी छ।

    आइतबार दिउँसो उनले नेपालखबरसँग टेलिफोनमा भने, ‘फरार उनीहरू अझै फेला परेका छैनन् हामी खोजी गरिरहेका छौँ र विवरण सार्वजनिक गरेर आम नागरिकलाई सहयोगका लागि अनुरोध पनि गरेका छौँ।’

    उनका अनुसार फरार ८ जनामा ६ जना कैदी हुन् भने २ जना बन्दी हुन्।

    प्रतिक्रिया दिनुहोस्