images
  • काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १६, आईतवार १५:४० गते
    images

     

    काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व ‘हालोविन’ लाई लक्षित गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ दोस्रो संस्करण गत शुक्रबारदेखि जारी छ ।

    हरर विधामा रहेर तयार गरिएका फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।

    ‘नेपालमा हरर विधाका दर्शक छन्, तर यस विधालाई निर्देशकले आफ्नो रूचीमा कमै राखेको पाइन्छ । यस्ता विधाका दर्शकको मनोविज्ञान, रूचीलाई बुझ्न यस्ता महोत्सव प्रभाकारी हुने भएर हामीले यसको सुरुआत गत वर्षदेखि गरेका हौँ । दर्शक सहभागिता बढ्दो छ’, अध्यक्ष पाठकले भने ।

    लेबनानी निर्देशक नादिम ताबेत निर्देशित फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शनसँगै सुरू भएको महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधागत फिल्म प्रदर्शन भइरहेको छ ।

    अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत फिल्मको उपस्थिति बलियो बनाउँदै फिल्मकर्मी तथा दर्शकका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्य महोत्सवले राखेको आयोजकले जनाएको छ । तीन दिने महोत्सव आज (कात्तिक १५) गते औपचारिक कार्यक्रम गरेर बेलुकी समापन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्