images
  • प्रहरीले मिडिया हाउसमा किन पसेको भनेर जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १४, शुक्रबार १९:२३ गते
    images

    काठमाडौँ — समाचार कक्षबाट पत्रकार पक्राउ गरेको र सञ्चार गृहमा सादा पोसाकमा प्रहरी प्रवेश गरेको विषयमा नेपाल प्रहरीले जवाफ दिनुपर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले बताएका छन् ।

    रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै खरेलले भने, ‘सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएका छौं । स्वतन्त्र पत्रकारिताको सम्मान गर्नैपर्छ, हाम्रो पार्टी स्वतन्त्र पत्रकारिताको पक्षमा छ । किन भयो ? के भयो ? भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ ।’

    संविधानले ग्यारेन्टी गरेको स्वतन्त्र पत्रकारिता र वाक् स्वतन्त्रताको पक्षमा रास्वपा रहेको खरेलले बताए । संविधानले नै सुनिश्चित गरेको पत्रकारिताको सम्मान सबैले गर्नुपर्ने उनको धारणा छ ।

    शुक्रबार साँझ सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको विषयमा पार्टीमा छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने खरेलले जानकारी दिए । ‘सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट छ । यसलाई पार्टीले कसरी लिने भन्ने विषयमा हामी छलफल गर्छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्