काठमाडौं । जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् ।
उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डराज चल्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध सत्य उजागर गर्ने पत्रकारलाई नै दबाउने प्रवृत्ति गम्भीर निरंकुशता र अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।
‘पत्रकारको कलम तर्साएर सत्यलाई कैद गर्न सकिँदैन,’ हमालले भनेका छन् ।
उनले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथि हमला हुँदा मौन नबस्नसमेत नागरिकलाई आह्वान गरेका छन् ।
‘विनाशकाले विपरीत बुद्धि’ भन्दै आफ्नो धारणा सुरु गरेका हमालले प्रेस स्वतन्त्रताको रक्षा लोकतन्त्र र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षासँग जोडिएको बताएका छन् ।


chautaripatrika 













प्रतिक्रिया दिनुहोस्