• हप्ताको तेस्रो दिन नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १५, मंगलवार १२:०६ गते
    images

    नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

    हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।

    सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्