• सुनको मूल्य घट्यो, चाँदी हालसम्मकै महँगो

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १४, सोमबार १४:५४ गते
    images

    नेपाली बजारमा सोमबार (पुस १४) सुनको मूल्य घटेको छ ।
    अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य यस दिन घटेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ ।
    आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।
    आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्