images
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ९, शुक्रबार ११:२७ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४, सिसिटिभिमार्फत ९, रातोबत्तीमा ९ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, लेन क्रसमा ६, एकतर्फीमा ३ र अन्यमा १७६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्