• नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष ९, बुधबार १५:२३ गते
    images

    नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो।

    मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छ।
    यस्तै चाँदीको मूल्य पनि बढेको छ।

    मंगलबार तोलामा ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्