images
  • हामी सत्ता माग्न सडकमा गएका थिएनौँ : सांसद यादव

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २४, बुधबार १६:१९ गते
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताए ।

    आफू पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी भएको बताए । उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्म आफू प्रत्यक्ष रूपमा जोडिएको बताए ।

    यादवले युवाहरू आखिर के माग लिएर सडकमा उत्रिएका थिए तर त्यसको बदलामा लाठी र गोली खानुपरेको बताए ।

    ‘खासमा हामी सडकमा के माग्न गएका थियौँ । जसको बदलामा हामीले लाठी र गोली खान प¥यो । हाम्रो साथीहरू शुसानको लागि सडकमा उठ्डा बन्दुकको नालको निसानमा परेर ढले,’ उनले भने, ‘हाम्रो माग सत्ता थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ ।’

    उनले आन्दोलनकारीको माग सत्ता प्राप्ति नभएको भन्दै आफूहरू कसैको भाग खोस्न सडकमा नगएको बताए ।

    प्रतिक्रिया दिनुहोस्