images
  • धोबिखोलामा चिप्लेर लडेका एक जनाको उद्धार

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २३, मंगलवार २०:१८ गते
    images

    काठमाडौंको चाबहिलस्थित धोबिखोलामा चिप्लेर लडेका ३१ वर्षीय कैलाश रसाईलीको प्रहरीले उद्धार गरेको छ ।

    सुनसरी धरानका स्थायी घर भई धुम्बाराही बस्दै आएका रसाईली गोपीकृष्ण हल नजिकैबाट नदीमा लडेका थिए ।

    स्थानीयले खबर गरेपछि प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस्