images
  • स्वदेशी स्याउ प्रवद्र्धन कार्यक्रमको मन्त्री चौधरीद्वारा निरीक्षण

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र २२, सोमबार २३:१२ गते
    images

    नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा स्वदेशी स्याउको प्रवद्र्धन, बजारीकरण तथा अनुसन्धानसम्बन्धी ‘स्याउ प्रवद्र्धन कार्यक्रम’ सञ्चालन भइरहेको छ ।

    कार्यक्रमअन्तर्गत नार्क परिसर, सिंहदरबार प्लाजामा सञ्चालन भइरहेको गतिविधिको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निरीक्षण गरेकी छन् ।

    निरीक्षणका क्रममा मन्त्री चौधरीले स्वदेशी स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणका लागि भइरहेका प्रयासबारे जानकारी लिएकी थिइन् ।

    उनले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै कृषकलाई प्रोत्साहन हुने गरी अनुसन्धान र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्