• images

    आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष ३, बिहीबार ०९:१९ गते
    images

    काठमाडौं । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् ।

    सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो ।यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

    यस वर्ष अन्तर्राष्ट्रिय आप्रवासी दिवसको नारा ‘आउनुस् हामी सबै मिलेर हरेक आप्रवासीको अधिकारको पक्षमा उभिऊँ र आप्रवासनलाई गरिमायुक्त तथा सुरक्षित बनाऔँ।’ भन्ने रहेको छ ।आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्