• images

    काठ्माण्डौमा दिउसै चोर्दै हिड्ने एक चोर पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २७, शनिबार ०९:१७ गते
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार गजुरेलले यही मङ्सिर २६ गते राति १२:३० बजे काठमाडौंको सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ । गजुरेलले काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ ।

    प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको ब्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्